Thursday, May 28, 2020

२०७७/७८ काे बजेटमा समेटिएका भूमि सम्बन्धी महत्वपूर्ण कार्यक्रमहरु




 
  • बालीको सम्भावनाका आधारमा खेतिगरीने कुरालाई प्रोत्साहन गरिने र मुलुकलाई खाद्यान्नमा आत्म निर्भर बनाउने तरकिाले अगाडि बढ्ने । 
  • भूमिहिन दलितलाई पहिचान गरी आवासकालागि जमिन उपलब्धगराईने छ ।
  • भूमि बैंक मार्फत जमिन उपयोग गर्ने र सामुहिक खेति गर्ने लाई मात्र शित भण्डारकालागि अनुदान दिईने । 
  • भूमि बैंक मार्फत जमिन व्यक्ति तथा संस्थालाई उपलब्ध गराईने र  कृषि सामाग्रिमा सहुलियत उपलब्ध गराईने । 
  • आगामि वर्ष ३०० स्थानिय तहमा भूमि बैंकको ईकाई स्थापना गरी कार्य सुरु गर्ने । भूमि बैंकले नीजि, सरकारी र सार्वजनिक बाँझो रहेको कृषि योग्य जमिनको उपयोग गर्न भूमिका खेल्ने।
  • बैदेशिक राेजगारीबाट फर्किएका युवाका लागि रोजगारीका अबसर बृद्धि गर्न भूमि बैंकलाई उपयोग गरिने । 
  • भूमि बैंक स्थापनाकालागि ५० करोड सेयर लगानी छुट्याईएको । संघ, प्रदेश र स्थानिय तहको समन्वयमा भूमि बैक स्थापना गरीने । 
  • महिलाका नाममा जमिन दर्ता गर्दा थप सहुलियत गर्ने व्यवस्था । 
  • भूमि सम्बन्धी समस्या समाधान आयोगले सुकुम्बासी तथा अव्यवस्थित वसोबासीको व्यवस्थापनका लागि १०० ओटा स्थानिय तहमा यसै बर्ष काम सुरु गर्ने । 
  • मुक्त कमैया, हलिया, कमलरी तथा हरवाचरवाको जीविकोपार्जन सम्बन्धी कार्यक्रम संचालन गर्न बजेटको व्यवस्था । 
  • कृषि योग्य जमिनको खण्डिकरण रोक्न जग्गाको वर्गिकरण गरी भूउपयोग नक्सा बनाईने । 
  • सरकारी, सार्वजनिक, तथा गुठी जमिनको संरक्षण गरीने । 
  • गाउँब्लक तथा अन्य नापि हुन बाँकि जग्गाको कित्ता नापी आगामि वर्ष सम्पन्न गर्न १ अर्ब ७३ करोड बजेट विनियोजन गरीएको छ । 

Monday, April 27, 2020

भूमि सम्बन्धी ऐन २०२१ को आठौं संशोधन र जनमुखी भूमि सुधारकाे सम्भावना


२०२१ साल मंसिर ८ गते पहिलो पटक राजाबाट लालमोहर लागेको भूमि सम्बन्धी ऐन आधा शताब्दिकोे अवधिमा ८ औं पटक संशोधन गरीएको छ । यस ऐनको प्रस्तावनामा मुलतः दुईओटा उद्देश्य राखिएको थियो — पहिलो भूमिमा निष्कृय रहेको पूजी र जनसंख्याको भार झिकी आर्थिक विकासको अन्य क्षेत्रमा लगाउने, र दोश्रो कृषि योग्य भूमि, सम्बन्धीत ज्ञान र साधनको न्यायोचित वितरण मार्फत कृषि उत्पादनमा बृद्धि गरी वास्तविक किसानहरूको जीवनस्तरमा सुधार ल्याउने ।

सातौं संशोधन सम्म कार्यान्वयनको अबस्थालाई हेर्दा प्रस्तावनाको मर्म र भावना अनुरुप भूमिमा रहेको पूजि र जनसंख्याको भार घटेन बरु उल्टै अर्थतन्त्रको ठुलो हिस्सा जमिनमा गएर थुप्रीयो । भूमिमा कामै नगर्ने परिवारले जमिनको ठुलो हिस्सा ओगटे । वास्तविक किसानको हातबाट जमिन खुस्किदै गयो र किसानहरुको जीवनमा उल्लेख्य सुधार हुन सकेन । यस विषम परिस्थितिमा मनमा घरिघरि एउटै प्रश्न आउँछः

हाम्रो देशमा ईतिहासमै उत्कृष्ट भनिने हरेक कानुनी सुधार अपेक्षाकृत परिणाम निकाल्न सधैं किन असफल हुन्छन् ? 



संसदमा झण्डै दुई तिहाई भएको कम्यूनिष्ट पार्टीको सरकारले भूमि सम्बन्धी ऐन, २०२१ मा सातौं संशोधन गरेको एक वर्ष पछी आठौं संशोधन ग¥यो । तर किसान वर्गले भोगिरहेका समस्याको सहि समाधान कसरी गर्ने ? फरकफरक भौगालिक विशेषता रहेको भूभागका जमिनको दिगो व्यवस्थापन कसरी गर्ने ? जमिनमा जीविकोपार्जनकालागि निर्भर समुदायको सहज पहुँच सँगसँगै अधिकार सुनिश्चित कसरी गर्ने ? आठौं संशोधनमा राखिएका प्राव्धानहरुलाई विश्लेषण गर्दा जमिन सँग जोडिएका यि र यस्तै तमाम प्रश्नको उत्तर भेटिदैन । तर भूमिहिन दलितलाई एकपटकलाई जमिन दिने भनेकै छ । मोही किसान र अव्यवस्थित बसोवासीको कुरा पनि गरेकै छ । नेपालको भूमिसुधारको क्षेत्रमा गर्ने यत्ति त हो भन्ने भ्रम चाहिँ परेको छ ।

सातौं संशोधनलाई कार्यान्वयन गर्न भूमि सम्बन्धी नियमावलीमा गरीएको १७ औं संशोधनलाई हेर्दा जनमुखी भनिएको सरकारको नेतृत्वमा पनि भूमिलाई विशुद्ध प्राविधिक हिसावले व्यवस्थापन गर्न खोजेको स्पष्ट देखिन्छ । आठौं संशोधन पनि प्राविधिक पक्षमै साँघुरीएर आएको छ ।

भू-उपयोगको प्राविधिक समाधानबाट राज्यले ठुलो धनराशी त हात पार्ला तर विद्यमान भूमिको अन्यायपूर्ण वितरण अझैविकराल रुपले झाङ्गीएर जनमुखी भूमिसुधारको मुद्दा अत्यन्तै पेचिलो हुने छ । नेतृत्वले भूमि सुधार प्रति इमान्दारीता देखाउन सकेन भने अहिले ख्यालख्याल लाग्ने भूमि सुधारको मुद्दा सत्तापलटको पासो बन्न बेरलगाउँदैन । समस्याको प्राविधिक समाधान मात्रै त आम समुदायकोलागि खासै औचित्यको हुदैन ।

१. के हदबन्दी भन्दा बढी जग्गाराख्नु अपराध होईन ?

मूल ऐनको दफा ७ मा उपदफा ७ थपि हदबन्दी भन्दा बढीभएको जग्गाको छानविन टुंगो नलागे सम्म कार्यालयले रोक्का राख्ने भन्ने नयाँ व्यवस्था गरिको छ । कसैले तोकिएको हदभन्दा बढी जग्गा राखेको छ र सजिलै छोड्न चाहदैन भन्ने थाहा पाएर पनि तत्काल निर्णय लिन केले रोक्छ ? यो सरासर भूमि सुधारको विषयलाई कानुनी हिसाबले नै अड्काउने र भूमाफियाहरुकै पकडमा जमिन राखिराख्ने योजना भयो ।

तर उपदफा ८ मा मोहीलागेको जग्गाका सम्बन्धमा गरीएको व्यवस्था भने स्वागत योग्य छ । जस अनुसार मोही लागेको जग्गामा हद बन्दीको टुंगो नलागेको भएपनि मोहीले जग्गा बाँडफाँड गरी लिन कुनै बाधा नपर्ने ब्यवस्था छ । यसले हदबन्दीकै कारण बर्षौं देखी मेहीयानीहकका लागि संघर्षरत किसानलाई केहि राहत मिल्लन सक्ने देखिन्छ ।

आठौं शंसोधनले मूलऐनको दफा १२. मा गरेको हेरफेरले सरोकारवालाहरुको ध्यान तानेको छ । दफा १२क मा हदबन्दी छुटलाई नियमन गर्न विषेश व्यवस्था नै गरीएको छ । जस अन्तर्गत सन्चानलनमा रहेका उद्योग, प्रतिष्ठान, संघसंस्था, आयोजना र कम्पनिहरुले यदि हद भन्दा बढि जग्गा चलन भोग गरीरहेका छन् भने तराईका र भित्रिमधेशमा प्रति विघा १ लाख ५० हजार रुपैया, काठमाण्डौ उपत्यकामा प्रति रोपनी ५० हजार रुपैया र अन्य पहाडी क्षेत्रको हकमा प्रति रोपनी १० हजार रुपैया दस्तुर लाग्ने व्यबस्था छ । दफा १२. को ख मा ख१. र ख२. थपिएको छ । ख१. मा सरकारको पूर्ण स्वमित्वमा रहेका सार्वजनिक संस्थानले भोग चलन गरेको वा भोग चलनका लागि अब प्राप्तगर्ने जग्गामा हदबन्दी छुट हुने कुरा स्पष्ट छ भने, ख२. मा  नेपाल सरकारद्वारा जारी सूचित आदेशमा उल्लिखित हद बमोजिम सार्वजनिक संस्था, उद्योग, प्रतिष्ठान, कम्पनी वा आयोजनाले खरिदगरी लिएका जग्गा भनि लेखेको छ ।

माथि उल्लेखित व्यवस्था शक्तिमा आसिन व्यक्तिहरुको निहित स्वार्थ पूर्तिमा सहायक बन्न सक्ने खतरा छ । कृषि उत्पादन तथा औद्योगिक विकासकालागि हदभन्दा बढीको जमिन आवश्यक पर्नसक्छ जुन वार्षिक दस्तुर लिएर सरकारले उपलब्ध गराउन सक्छ तर नाममात्रको दस्तुर तिरेर जग्गा दिलाउने र संस्था विघटन वा लिक्वीडेसनको बाहानामा दायित्व फरफारक गर्नका लागि विक्रिवितरण गर्नदिने प्राब्धानले जमिनदार, भूमाफियाहरु र जग्गा काराेवारीहरुलाई नै अनुचित लाभ पुग्ने देखिन्छ । यसरी नयाँ व्यवस्थाले पनि भूमिहीन तथा सुकुम्बासीहरुलाई नदिकिनार, जंगलका छेउछाउ र जोखिमयुक्त स्थान भन्दा वर आउन नदिने भयो । जसले गर्दा अनुमान गरीएको सुविधाजनक भूमिसुधार त फेरी पनि कागजमै सिमित हुने चिन्ता बढ्न थाल्यो ।

२. के सबै मोही किसानका समस्या सम्बोधन गरिए ?

मुल ऐनको दफा १५ मा थपिएको क२. अनुसार मोहीहक छुट्ट्याउदा मोही जनिएको जग्गामा मोहीले स्वेच्छाले जोतभोग नगरेको कुरा प्रमाणित भएमा मोहीको लगत कट्टागरी मोहीको हुनआउने जग्गा सरकारका नाममा कायम हुने छ ।  जमिनदार, गलत नियतका राजनीतिक प्रतिनिधी र सरकारी कमचारीहरुलाई सोझासाझा मोही किसानहरुलाई प्रलोभनमा पारी, डर धम्की देखाई स्ववेच्छाले जोतभोग नगरेको प्रमाणित गर्न कुनै आईतवारले छेक्ने छैन ।

त्यस्तै दफा २६घ. मा संशोधन गरी  जग्गा धनी र मोही आपसमा मञ्जुर हुन नसकी कुनै एक पक्षले मोहीबाँडफाँडकालागि निवेदन दिएमा  तोकिएको अधिकारीले आवश्यक प्रमाण बुझी जग्गा बाँडफाँडगरी मोहीलगत कट्टा गर्ने भन्ने व्यवस्था गरिएको छ । एदि मोही या जग्गाधनी कसैले पनि बाँडफाँडकालागि निबेदन दिएन भने मोहीलागेको जग्गाको व्यवस्थापन कसरी हुने हो ? अन्यौलता थपिएको छ ।

त्यस्तै, थपिएको दफा २६ञ. अनुसार जग्गा बाँडफाँड गर्दा कित्ताकाट गर्न नमिलेमा मोही र जग्गा धनी संयूक्त पूर्जाको ब्यवस्था छ । यो प्राब्धान त्यति व्यवहारीक छैन । यसले जग्गाको सदुपयोगका क्रममा अनेकौं विवाद र वाधा अड्चन ल्याउन सक्ने देखिन्छ । समाजिक शान्ति स्थापना भन्दा पनि कलहको विउ रोप्न खालका नीतिगत व्यवस्थाले नीतिगत तहमै पर्याप्त त्रुटी रहेको देखाउछ ।

मूल ऐनको दफा ३६ मा थपिएको उपदफा ७. ले पनि अहिलेको वास्तविक परिवेशलाई खासै समेट्न सके जस्तो लागेन । जनयुद्धकालमा कतिपय स्थानका मोही किसानहरुले कुत बराबरको रकम धरौटिमा राख्ने भन्दा पनि कुत प्रणली नै बहिस्कार गरेका छन् । कति किसानहरु अहिले पनि बेदर्ता माहीको हैसियतमा छन् । उनिहरुलाई समेट्ने तर्फ नीति निर्माताहरुले ख्यालै गरेनन् ।

मोहीलागेको बाँडफाँड गरिनुपर्ने जग्गाको न्युनतम क्षेत्रफल कति हुनुपर्ने हो ? मोही जग्गा बाँडफाँडले जग्गाको खण्डिकरणलाई नै येगदान पु¥याईरहेको भए के गर्ने हो ? त्यसमा नीति निर्माताहरुको ध्यान पुगेको छैन ।

३. भूमिहिन सुकुम्बासी वा अव्यवस्थित बसोवासीलाई कति जग्गा उपलब्ध गराउने ?


पुस्तौं देखि भूमिहिन सुकुम्बासीको जीवनयापन गर्दै आएका तमाम गरिब किसान वर्गलाई भूमि उपलब्ध गराउने कुरा मुल ऐनमा दफा ५२ख., ५२ग., र ५२घ. थप्दै प्रष्टता ल्याउन खोजिएको छ । दफा ५२ख मा यो व्यवस्था लागुहुँदाका बखत अभिलेखमा बन क्षेत्र वा सरकारी  भनि जनिएको भए पनि सो स्थानमा कम्तिमा १० वर्षदेखि बसोवास गरिरहेका भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई एकपटकका लागि निजहरु बसोवास गरिरहेकै स्थान वा अन्य उपयूक्त सरकारी जग्गामा उपलब्ध गराउने भन्ने छ, जमिनको हद कतिहुने भन्ने तोकिएको छैन ।( भूमि सम्बन्धी (१८ औ शंसोधन) नियमहरु, २०७६ मा आउछ हाेला )

भूमि सम्बन्धी (१७ औ शंसोधन) नियमहरु, २०७६ ले भूमिहिन दलितका लागि भौगोलिक बनोटका आधारमा १३० वर्ग मि. देखि ३२० वर्ग मि. सम्म जग्गाको हद तोकेको छ । यो किसिमको जग्गाको स्वमित्वले कृषि कर्मगर्ने दलित परिवारलाई कति न्याय गर्न सकियो ? सरकार वा अन्य सरोकारवालाहरुलो एकछिन गमखाए हुन्छ । यो सरकारले गर्न खोजेको जमिनको बाँडफाँडले सदियौं देखि बहिस्करण र भेदभावमा परेका समुदायलाई वास्तवमै न्याय गर्न सक्ने दखिएन ।

एदि साँच्चै सरकारले न्याय र समानताको सिद्धान्तलाई समान हिसावले लागु गर्ने हो भने समग्र जमिनको पुनः वितरण गर्नु पर्छ । कुनै पनि परिवार एदि खेतिगर्न चाहन्छ भने उसको परिवारमा मौजुद श्रम शक्तिले कति जमिनको उत्कृष्ट उपयोग गर्न सक्छ, त्यति मात्र उपलब्ध गराउने र खेति आफै नगर्नेलाई घरबास र करेसाबारीका लागि पुग्ने तरिकाले जमिनको पुनःबाँडफाँड गर्ने हो भने नेपालमा जनमुखी भूमि सुधारको जग बसाल्न सकिन्छ।

फेरी पनि अब कृषिकर्म गर्ने भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जमिन उपलब्ध गराउदा उनिहरुले उपभोग गर्दै आईरहेको जमिन हदबन्दिको बाहानामा खोसेर अन्य भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई सोहि स्थानको जमिन स-साना टुक्राटाक्रीमा बाँड्ने हो भने जमिनमा रहेको असमान स्वमित्व र सामन्तवादी भूमि शासन प्रणलीको निरन्तरता रहिरहने छ ।

४. निष्कर्श

सरकारले भूमि सुधारमा स्थाई पहल गर्ने हो भने सर्वप्रथम सबै नेपाली हरुलाई आफ्नो नाममा भएको जग्गाको स्वघोषणा गर्न लगाई आगामि राष्ट्रिय जनगणना, र कृषि गणना मार्फत त्यसको संकलन र दास्तावेजिकरण गर्नुपर्छ । हदबन्दी भन्दा बढी जग्गा सरकारले विना क्षतिपूर्ति कब्जा गनुपर्छ । यसो गर्दा कुनै पनि परिवारलाई कुनै क्षति पुग्दैन । त्यस्तोमा क्षति पूर्तिको प्रश्न नै आउदैन । रैकर जग्गामा रहेको हदबन्दीकै विधि विधान अनुसार भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जमिन उपलब्ध गराउने गरी भूमि सुधारको काम अगाडि बढ्नु पर्छ ।

मोहीयानी समस्या समाधानका लागि बाँडफाँडको निवेदन दर्ता गराएका र नयाँ निवेदन लिई आउनेको काम तुरुन्तै अगाडि बढाउने । मोहयिानी जग्गा बाँडफाँडको निवेदन दिन नआएको खण्डमा सरकारले आफु सँग उपलब्ध कागजप्रमाणका आधारमा अनुपस्थित मोहि र जग्गावाला विच जग्गा बाँडफाँडको प्रक्रिया अगाडि बढाई मोहीयानी समस्या पुनः नउठ्ने गरी आगामी २ वर्ष भित्र किनारा लगाई सक्नु पर्छ । २ वर्ष भित्रमा पनि सम्पर्कमा नआएमा त्यस्तो जग्गा सरकारीकरण गरी दिने तरिकाले अगाडि बढ्नु पर्छ ।

Monday, June 25, 2018

भूमिहीन दलितलाई भूमि


बिहिबार, ०७ असार २०७५, ०९ : १८ धर्मराज जोशी


115

भूमिसम्बन्धी अधिकार र भूमिमाथिको पहुँच विश्वव्यापीरूपमै दिगो विकासको लक्ष्य प्राप्तिको बलियो आधारका रूपमा स्वीकारिएको छ।
नेपालमा अहिलेको बहुचर्चित समृद्धिको अकांक्षा भूमि अधिकार र आवासको सुनिश्चितताबिना सम्भव छैन । अव्यवस्थित भूमि सम्बन्ध, असमान भूमि वितरण र आर्थिक उपलब्धि हेतु जल, जङ्गल र जमिनको अनियन्त्रित दोहन र कब्जाका कारण ऐतिहासिकरूपले बहिष्करणमा परेका समुदायका भूमिसँग प्रत्यक्ष सरोकारका मूल मुद्दाहरूले विश्वव्यापीरूपमा ध्यान खिचिरहेका छन्।
नेपालको संविधानमै आवास र खाद्य अधिकारलाई मौलिक हकमा उल्लेख गरिएको छ । सरकारले चाहेमा भूमि सुधार गर्न सक्ने बाटो खुला गरेको छ । यी प्रावधानलाई साँचो अर्थमा कार्यान्वयनमा ल्याएर दशकौँदेखि थाती रहँदै आएका भूमिसँग सम्बन्धित कैयौँं सवाल किनारा लगाउनु वर्तमान सरकारको दायित्व हुन आउँछ । नेपाली समाजमा भूमि सामाजिक प्रतिष्ठा, राजनीतिक हैसियत र आर्थिक शक्तिको मानक, निर्धारक र स्रोतका रूपमा रहिरहेको छ ।
जनमुखी भूमि शासनका तमाम मुद्दा यहाँको सामाजिक, राजनीतिक, आर्थिक तथा जीविकोपार्जनका अभ्यासहरूसँग पोयो भेट्टाउनै मुस्किल हुनेगरी गुजुल्टिएका छन् ।
 
जनमुखी भूमि शासनका तमाम मुद्दा यहाँको सामाजिक, राजनीतिक, आर्थिक तथा जीविकोपार्जनका अभ्यासहरूसँग पोयो भेट्टाउनै मुस्किल हुनेगरी गुजुल्टिएका छन् । भूमि सुधारका लागि राजनीतिक नेतृत्वमा दृढ राजनीतिक इच्छाशक्ति, राज्यसँग हुनुपर्ने समसामयिक नीति तथा कार्यक्रम र तिनको प्रभावकारी कार्यान्वयन नहुँदा समस्या झन् झन् जटिल बन्दै गएको छ ।आन्दोलनका उहापोह र स्वर्णिम भविष्यको जति बेलिबिस्तार लगाए पनि सामाजिक, आर्थिक र राजनीतिक हिसाबले दलित समुदाय उत्पीडन, अपहेलना र भेदभावको अग्रपंक्तिमा रहँदै आएको छ ।
सत्ता र शक्तिको नजिक रहेका, व्यापारिक घराना, दलाल पुँजीपति र भूमाफियाहरूको भूमिमाथिको अस्वाभाविक नियन्त्रण कायम रहेको र १–२ कट्ठा जमिनको मात्रै भए पनि लालपुर्जा गोजीमा हुँदा सम्मानित ठान्ने सामाजिक मनोविज्ञानका कारण जमिन प्राप्तिको अन्तहीन प्रतिस्पर्धाले गर्दा ‘भूमि’ सामाजिक, आर्थिक र राजनीतिक हिसाबले कमजोर वर्ग, समुदाय र व्यक्तिको पहुँचभन्दा टाढै एक सपना जस्तो हुन पुगेको छ ।
भूमिहीनतासम्बन्धी उपलब्ध तथ्यांकहरू विवादित रहे पनि दलित समुदायको ठूलो हिस्सा भूस्वामित्वका हिसावले राष्ट्रिय औसतभन्दा मुनि छ । मूलतः दलितको भूस्वामित्व र आवास जस्ता जनजीविकासँग प्रत्यक्ष सरोकारका सवालमा मिहीन अध्ययन गरी नीतिगत तहमै स्थापित कुरीतिहरूको विनिर्माण गरेर राष्ट्रिय नीति र सामाजिक पद्धतिलाई नयाँ शिराबाट अगाडि बढाउनु आवश्यक छ।
राज्यले दलित समुदायको उपयुक्त शिक्षा, सशक्तीकरण र व्यावसायिक आधुनिकीकरणको आवश्यकतालाई नजरअन्दाज गर्दा दलितहरूको परम्परागत पेशा संकटमा परेको र आर्थिक अवस्था दिनानुदिन कमजोर बन्दै गएको तीतो यथार्थ हो ।
गरिबी र विपन्नताको दुष्चक्रमा फसेको र ऐतिहासिक बहिष्करणमा परेको दलित समुदाय भूमि प्राप्तिको प्रतिस्पर्धामा सशक्तरूपमा अगाडि आउन नसक्दा समृद्धितिरको यात्रामा दह्रोसँग खुट्टा टेकेर आत्मविश्वास र आत्मसम्मानका साथ सजिलोगरी उभिनसमेत सकिरहेको छैन । फलस्वरूप भूमिहीन अवस्थामा रहेका दलित परिवारहरू आफ्नै बलबुतामा कहिल्यै उम्कन नसकिने बालिघरे, हलिया, हरुवा, चरुवा तथा विभेद र गरिबीको अमानवीय दुष्चक्रमा फसेका छन्।
नेपालको संविधान २०७२ को मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३७ (१) मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने र (२) कानुनबमोजिम बाहेक कुनै पनि नागरिकलाई निजको स्वामित्वमा रहेको बासस्थानबाट नहटाइने उल्लेख भए पनि सरकारी वा सामुदायिक जग्गामा बसोबास गर्ने धेरैजसो भूमिबिहीन तथा विपन्न परिवारहरूको व्यवस्थापन कसरी गर्ने भन्नेबारे संविधान मौन छ । 
धारा ४० (५) मा राज्यले भूमिहीन दलितलाई कानुनबमोजिम एकपटक जमिन उपलब्ध गराउनुपर्ने र (६) मा राज्यले आवासबिहीन दलितलाई कानुनबमोजिम बसोबासको व्यवस्था गर्ने कुरा स्पष्ट गरे तापनि भूमिहीन दलितलाई एकपटक जमिन उपलब्ध गराउँदा कति जमिन दिने ? कस्तो जमिन दिने ? र, कुन प्रयोजनका लागि दिने ? भन्ने कुरा कहीँ कतै पनि उल्लेख नभएकाले भविष्यमा थुप्रै अलमल ल्याउने देखिन्छ।
नीतिगत अस्पष्टताले प्राविधिक तत्परतालाई उपलब्धिबिहीन बनाउँछ । त्यसैले भूमिहीनलाई भूमि र आवासबिहीन दलित समुदायलाई आवासको व्यवस्था गर्नेे हो भने राज्यले भूमि केवल उत्पादन र आश्रयको विशुद्ध स्रोतका रूपमा विकास गर्नुपर्छ ।
यसरी संविधान मौन रहेका विषयमा समयमै ध्यान जान सकेन र निर्माणाधीन ऐन÷कानुन तथा नीति नियमहरूमा ती विषय समेटिएनन् भने संविधानको मर्मअनुसारका नीति तथा कार्यक्रम नबन्ने, दलित समुदायका भूमि र आवाससम्बन्धी मूल मुद्दाहरू सम्बोधन नहुने र समतामूलक समाज निर्माणको अभियान अधुरै रहने जोखिम छ ।
भूमिहीनताको समस्या कसरी समाधान गर्ने भन्नेबारे थुप्रै अध्ययन भए आयोगहरू गठन गरिए र केही जमिन पनि वितरण गरियो तर समस्या समाधान भएन । भूमि सुधार जस्तो अत्यन्तै संवेदनशील विषयमा राज्यका तर्फबाट हल्का र सतहीरूपमा प्रस्तुत हुँदा अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकिएकै हो ।
२०६६ मा गठन गरिएको वैज्ञानिक भूमि सुधारको प्रमुख आधार र मुख्य प्राथमिकताको क्षेत्र भूमिमाथि न्यायपूर्ण पहुँचअन्तर्गत भूमिहीनलाई सुरक्षित आवासको सुनिश्चितता गराउनु र दलित, हरुवा, चरुवालगायत पिछडा वर्गको भूस्वामित्वको सुनिश्चितता गराउनु थियो ।
आममानिसमा जनसंंख्याको अनुपातमा भूमि थोरै भएर भूमिहीनता बढिरहेको हो भन्ने भान परेको थियो तर उक्त आयोगले जनसंख्यालाई आवश्यकभन्दा बढी खेतीयोग्य जमिन रहेको तथ्य सार्वजनिक ग¥यो । तर सामन्तवादी चिन्तनले जकडिएको कर्मचारीतन्त्र, नवउदारवादउन्मुख अर्थतन्त्र तथा प्रगतिशील र रुढिवादी चिन्तनको दोसाँधमा किंकर्तव्यविमुढ राजनीतिक नेतृत्वका कारण नेपालमा समसामयिक सुकुमबासी र भूमिहीनताको तात्कालिक समस्या समाधानका लागि वितरण गर्न पर्याप्त जमिन हुँदाहुँदै पनि जनजीविकासँग प्रत्येक्ष सरोकारको यस विषयले उपलब्धिमूलक गति लिन सकेन ।
भूमि सुधारको मुद्दा तार्किक निष्कर्षमा पु¥याउन, भूमिहीनता र आवासबिहीनता जस्ता समस्याको दीर्घकालीन समाधानका लागि आगामी ३ वर्षमा निम्न उपाय अपनाउनुपर्ने देखिन्छ :
भूमि र भूमिस्रोतसम्बन्धी मूल मुद्दाहरूमा नीतिगत छलफल गर्न, समस्या समाधानको रणनीति तयार गर्न र योजना तर्जुमा गर्न एक बहुसरोकारवाला मञ्च स्थापना गर्ने ।
स्थानीय तहले वास्तविक भूमिहीन र आवासबिहीन दलित परिवार पहिचान गरी उनीहरूको जनसंख्या, आवश्यकता र प्राथमिकताका आधारमा प्रतिपरिवारलाई आवश्यक जमिन निर्धारण गर्ने । वास्तविक भूमिहीन र आवासविहीन दलित परिवारलाई छुट्टै परिचयपत्र उपलब्ध गराउने ।स्थानीय तहले भूमि प्राप्त हुनसक्ने सम्पूर्ण स्रोत पहिचान गरी देशभरको वितरण गर्न मिल्ने र नमिल्ने जमिनको स्पष्ट किटान गरी छुट्टाछुट्टै लगत राख्ने ।
हदबन्दीभन्दा बढीको व्यक्तिगत स्वामित्वअन्तर्गतको जग्गा गैरकानुनी घोषणा गर्ने, केही समय जग्गा व्यवस्थापनका लागि दिने, त्यसपछि गैरकानुनी जग्गाको कुनै क्षतिपूर्ति नदिई अधिग्रहण कार्य सुरु गर्ने । भूस्वामित्वका आधारमा संंस्थागत भइरहेको वर्ग विभाजन अन्त्य गर्न क्रमशः हदबन्दीबाट प्राप्त, सरकारी, गुठी, सामुदायिक, वर्षाैंंदेखि बाँझो छाडिएको सम्पूर्ण जग्गा राज्य वा राज्यको निकायका नाममा दर्ता गर्न सुरु गर्ने । जमिनको तथ्याङ्क राज्यका तीनवटै निकाय (स्थानीय, प्रादेशिक र संघीय स्तर) मा राख्ने।
जनमुखी भूमि शासनको प्रभावकारी कार्यान्वयनका लागि परिवारको न्यूनतम आवश्यकताअनुरूप आवास तथा कृषि प्रयोजनका लागि जमिन वितरण गर्ने । बाँडफाँटपछि बाँकी रहेको जमिनलाई सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति, २०७१ अनुरूप व्यवसाय गर्न चाहने व्यवसायीलाई लिजमा उपलब्ध गराउने । निश्चित अवधिपछि पुनस्र्थापित परिवारको आर्थिक र शैक्षिक सवलीकरण, तत्पश्चात प्रगतिका आधारमा हुने स्थानान्तरण र व्यावसायिक परिवर्तनको सम्भावनालाई मध्यनजर गर्दै स्थायी र अस्थायी स्वामित्वको आवास तथा भूमिको व्यवस्था गर्ने।
एकातिर वैज्ञानिक भूमि सुधारको कुरा गर्ने अर्कोतिर राज्यले भूमि स्रोतलाई एक प्रमुख सम्पत्ति र आयस्रोतका रूपमा स्वीकारिराख्ने । राज्यको यस्तो द्वैध चरित्रले अप्रत्यक्षरूपमा भूमाफिया र भूमिपतिहरूका लागि अनावश्यक चलखेल गर्ने वातावरण निरन्तररूपमा मौजुद रहेकाले वास्तविक भूमि सुधार अलमलमा परेको हो । अब यसरी ढुलमुले नीति अपनाएर भूमि स्रोतको उचित व्यवस्थापनका आगामी प्रक्रियाहरूलाई अल्मल्याइरहनु जरुरी छैन । नीतिगत अस्पष्टताले प्राविधिक तत्परतालाई उपलब्धिबिहीन बनाउँछ ।
त्यसैले भूमिहीनलाई भूमि र आवासबिहीन दलित समुदायलाई आवासको व्यवस्था गर्नेे हो भने राज्यले भूमि केवल उत्पादन र आश्रयको विशुद्ध स्रोतका रूपमा विकास गर्नुपर्छ । किनकि भूमिसम्बन्धी सवाल सामान्य सतही कार्यक्रमिक सुधारले सम्भव देखिँदैन, राज्यको भूमिसम्बन्धी अन्तर्निहित बुझाइ, विश्व दृष्टिकोण र अनुमान तथा भूमि व्यवस्थापन र शासनको तौरतरिकामा समेत आधारभूत संरचनागत परिवर्तन र बदलाव ल्याउन आवश्यक देखिन्छ।

लेखक अन्तर्राष्ट्रिय भूमि सञ्जालको नेपालस्थित राष्ट्रिय संलग्नता रणनीति कार्यक्रमका संयोजक हुन् ।

याे लेख नागरीक दैनिकमा छापिएकाे  हाे ।

Wednesday, March 27, 2013

Migration: Trends and Tragedies


Development emerges, with different forms and various processes, in line with perpetually changing environments ranging from household, communal, social, & national level to international level in relation to demographic, geographic, economic, political, and social changes. In this scenario migration has become one of the big issues repeatedly debated in development paradigm, in Nepal and around the world.  Migration of our time is not only fast moving but also posing significant developmental implications; challenges for governments, organizing, regularizing and managing it, around the world.
Most of the discussions on migration advocate for the idea that migration contributes to secure livelihood (IOM, 2003) but very limited or no recognition of security and right for migrants in destination has casted serious doubt concerning the positive impacts of migration. Increasing trends of both ‘pull’ and ‘push’ factors of migration at home and destinations have created tragic-comedy for migrants. Migrants at most of the destination have little or no recognition as human beings and they are extremely vulnerable to various discrimination and abuses. Most of the sources of migrants are indifferent to formulate the effective plans and policies in order to protect their citizens working in overseas by providing legal and institutional back up.
Majority of the people migrating these days belong to developing world (Hass, 2007) that has heterogeneous characteristics of development compelling developing countries to compete even in exporting labor force to developed economies.  Competition among the labor sending countries results on acute shortage of coordination concerning elimination of discrimination, exploitation and respect of human rights as well as rights of migrant workers at international domain that provides them less protection (IOM, 2003). They have not only been victims of various conditions but also exposed to different vulnerabilities, in this situation there are clear limits to what the state can protect its migrant workers without active coordination of the country of destination.
Migration is on the top of the policy agendas of almost all countries of origin, transit, and destination but the dilemma of ‘promotion’ of migration at home versus ‘protection’ of basic human rights at destination has made the whole migration process a complex issue for sustainable growth and inclusive development. It becomes very hot topic in every sphere of state-communities as the issues related to increased mobility of migrants come to the surface while its veneer of importance gets cast off as the issues of rights and facilities of migrants in both ends come to the surface.
Hein de Hass (2007) argues that despite of being risk spreading livelihood strategy migration has potentials to improve wellbeing, stimulate economic growth and reduce poverty but its effects on inequality and security are much more ambiguous (Hass, 2007). Generally households pursue migration as their livelihood strategy since little cash income plays vital role to reduce their risks of seasonality, harvest failure, food insecurity and other market constraints and sometimes it happens due to interactions between social structures and agencies (Gurung, 2008). Talking about the consequences, critics of migration argue that it only brings illusive changes which are temporal since it increases dependency on remittances even to meet small needs. Governments of developing countries are overestimating the contribution of current remittances in state development while it has played pivotal role only in changing the taste and consumption pattern of migrants and their families. Traditional growth theory has idealized migration but in reality migration and its benefits have been disproportionately distributed to different strata of the same society. Consequently, benefits from and access to migration for poor people and poor countries are very rare. At this point it will be hilarious to advocate inclusive development from the perspective of migration.
Current debate on migration is focusing too much only on economic dimension of development leaving all other non-pecuniary implications created directly or indirectly by migration. Migration is not only livelihood strategy getting out of the market constraints; but also it is the route widening social disparities simultaneously. Therefore, development in terms of migration is not straightforward but spatially heterogeneous (Hass, 2007). Currently migration is at the top of the discussion agendas of developmental, intellectual and academic domain in Nepal. Remittance is said to have played crucial role in reducing poverty in Nepal. Out migration from Nepal is on rise and inflow of remittance is very high but condition of the Nepalese individuals working abroad is very poignant. Nepal is still in Political stalemate despite of the breakthrough of peace in 2006 after decade long People’s war. Consequently Nepal, as other developing countries, has not been able to take necessary initiative to address problems of migrants. Migration provides promising ways to get out of substantial un-freedoms only for short term yet it is not reliable source of economic growth in the longer term. The challenges have accelerated by increased pressure to migrate at home and restrictive policies at destination. Moreover migration is vulnerable to be affected by national and international environments. In such situation it is obvious to have questions like:
-How migration could contribute to the sustainable development in developing countries like Nepal?
-Why migration has contributed so much for some and very little or no or even negatively for other countries/societies?

Works Cited

Gurung, Y. B. (2008). Migration from Rural Nepal: A Social Exclusion Framework.
Hass, H. d. (2007). Remittance, Migration and Social Development: A Conceptual Review of the Literature.
IOM, I. O. (2003). Labour Migration in Asia: Trends and challenges and Policy Responces in Countries of origin. Switzrerland: IOM.
(Note: this article is previously published on the Blog: http://development-topics.blogspot.com)


Tuesday, August 28, 2012

अबको साहित्य

D. R. Joshi

२०६४ सालमा संविधान सभाको निर्वाचन भए पछाडिका चार–पा“च बर्ष सम्म पनि सरकारले संसदीय चूनाव गर्न नसके पछि २४० बर्ष पूरानो निरङ्कुश राजतन्त्रको सामन्तवादी विरासत तोडेको संविधान सभा २०६९ जेठ १४ गते बिघटन गरियो । जनजीवन र राज्यका हरेक तह र तप्कामा पटाक्षप भएका नितान्त नौला मान्यताहरु संस्थागत हुन सकेनन् । हजारौं सपूत हरुको स्वाभिमानी रगतपसिनाले  सिञ्चित, बहूसंख्यक जनताले रुचायको बहूप्रतिक्षित गणतन्त्र धुर्त तथा गैै¥हजिम्मेवार राजनैतीक नेतृत्वको ढांटीखाने तमसूक बन्दा सदियौं देखि थातिरहेको जीवनयापनको शैलीको निरन्तरतामा क्रमभंगता र छलाङको मनमोहक सपना देख्ने मन कु“डियको छ ।

यस बिच नेपाली सहित्य लेखनमा उतारचढाव नआएको होईन । तर पाठकहरुको चेतना, मनोदशा र समय परिवर्तनको गतिलाई पक्रन नसक्दा बग्रेल्ति पाठक, तमाम विषयवस्तु र अनुकुल वातावरणका बावजूद यसले अपेक्षाकृत स्तरोन्नति गर्न सकेको छैन । राष्ट्रिय राजनीतिले साहित्यलाई धेरैहद सम्म प्रभाव पार्ने भएतापनि सृजनशिल साहित्यले हाम्रो जस्तो बिरामी राजनीतिलाई तंग्रिन मदतगर्ने हैसियत चांिह राख्छ । त्यसैले सर्जकहरुले बिशुद्घ मनोरञ्जनकालागि कोराकल्पनामा आधारित रचना भन्दा  समाज, सामाजिक पद्घति, र जनजीवन स“ग प्रत्यक्ष वा परोक्ष सरोकार राख्ने समय सान्दर्भिक विषय छनोट र त्यसको मिहिन अध्ययन गरी पाठक समक्ष ल्याउनु आजको आबश्यकता हो ।

साहित्य बजारि भाषमा भनिए जस्तो उल्टो आकृती देखाउने ऐना हुनुको सट्टा समाजलाई अग्रगामी विकासको बाटो देखाउने दियालो हुनु जरुरी छ । जसमा वर्तमानको यथार्थ चित्रण र भविष्यको स्पष्ट खाका कोरिनु पर्ने आवाजहरु टड्कारो सुनिन थालेका छन् । साहित्य सामाजिक प्रक्रियाहरु बाट अछुतो रहन सक्दैन तर कुनै अमुक शक्तिकेन्द्र अर्थात बर्ग विशेषको चाकडिमा लिप्त हुनुहुदैन । त्यसो भएमा साहित्यले विकासको बाटो पहिल्याउन सक्दैन । यो सर्जकको नितान्त नीजि स्वामित्वको चिज भएकोले यस सम्बन्धि उ नै बढि सचेत, सजग र जिम्मेवार हुनु पर्दछ । त्यति मात्र होईन यसले पाठक हरुको बौद्घिक बिकास र सिर्जनात्मक अभिव्यक्तिशिल कलाको अभिवृद्घि÷निर्धारण गर्ने भएकोले मात्रात्मक भन्दा गुणत्मक सृजनातर्फ अबका नेपाली साहित्यका सम्पूर्ण सर्जक, पाठक र साहित्य प्रेमीहरुको ध्यान जानु जरुरी छ ।


२०६९ साल भदौ ११

काठमाण्डौ ।

Sunday, August 26, 2012

POLITICS OF WATER IN NEPAL


                                                                                                                                   D. R. Joshi
Growing and competing demands over thinly developed water-infrastructure have become sever challenge to the effective management of abundant water resource in Nepal. Water management issues have transgressed the boundaries of mere water supply and sanitation and have entered into the broader sphere of development agendas in both intra- and inter- national political and diplomatic dialogue affecting entire development policy and process in Nepal. This paper seeks to caste light to the shadowed part of water-politics in order to see whether it has been accelerating or exacerbating overall development of Nepal.  
The 'politics of water' in Nepal is not only associated to the increasing concern about growing ‘water crises’ but also to the investment and management issues. The unique characteristics as limitedness and decreasing level, water seems to be unable to meet the enlarging demand of people, which indicates the need for some management process. Water-management is highly technical and capital-intensive process. Effective management of water resource to meet developmental needs for poor economy like Nepal is almost impossible without the involvement of bilateral and/or multilateral development partners. This idea of management leads water to be more political since management is closely linked with governance and it is the integral part of politics. The challenges of political instability and fluctuating political equations within and outside the country have put further pressure on the management of water resource.
Unstable government and extending political transition have resulted in low development of water-infrastructure consequently life giving water has been bringing misery and deprivation either through ‘superabundance’ or through their ‘unusual low flow’ along with huge economic potential in Nepal. Therefore, water resource and its management captured the global attention since 2-3 decades in Nepal.
Water has become an economic and political commodity due to rapid civilization and increasing water scarcity. Equitable access to water is not possible and the disparity of water among the stakeholders may cause either conflict or cooperation between and among the parties in order to solve the problem.
Political implication of water resource management in Nepal has become intense mainly because of the lack of both financial resource and technological efficiency to make the best use of water resource in the critical situations like crisis and abundance. This inefficiency accompanied with vested interests of national and international stakeholders has been leading to the regional imbalance and security issue mainly with India, which finally has been extremely political.
India, being regional power in South Asia, tries to establish monopoly over water resource of its neighboring countries in order to extract benefits, address its need and protect own land without bothering to collaborate with neighboring countries. Such diplomacy is causing massive loss of fertile land, and affecting millions of lives both in Bangladesh and in Nepal in South Asia. Moreover, India thinks it has privilege over Nepalese water resource and puts pressure over Nepal to prevent third country to get involved in hydro-projects. While China and other western development partners try to get involve. Globalization widened the way for free entry and exit for international donor community in Nepal. Some donors want to invest for humanitarian purpose (attracted by poverty) and other seen to invest for business purpose (attracted by huge hydro capital). It has contributed to make issues regarding investment on and management of water resource more intense and more political.
National politics and leading political philosophy along with political leadership have significant role to play to strengthen national interest through its policy and diplomacy. But national interest in Nepal have been eroding due to the enlarging nepotism among Nepalese political leaders and bureaucrats. As a result, Government has been unable to calculate significant benefits and costs of hydro projects regarding society, politics, economy and environment therefore history of water-resource management have become litany of dashed-hopes.
Nepal has huge water resources carrying almost 200,000 MW of hydropower potential. It is regrettable for Nepal to produce around 900 MW during last century out of estimated economically feasible hydropower potential of 43,000 MW electricity. It provides electricity for 40 % people with recurrent load shedding ranging from 3 hours in wet-season to 19 hours in dry season even after hundred years of first installment of hydropower plant in Pharping (500KW). Despite of its abundant water resource, 20% people yet to have access to safe drinking water. These data from different sources indicate the complex relation of availability, scarcity and management of water resource in Nepal.
Implications related to water in Nepal arise in many ways: sometimes due to commission, other time due to compensation, and sometimes due to benefit sharing some other time national and international power play. Political consensus remains at the core. These implications have been constraining water management issues so as to halting over all development.
Water relation between Nepal and India are extremely political many treaties [Koshi Agreement(1954), Gandak Agreement(1959), Tanakpur Agreement(1991) and Mahakali Treaty(1996) ] lacking implementation, and mutual recrimination. The small-neighbor versus big-brother syndrome that pervades relations in every sphere invariably arouses suspicion of unequal benefits. Nepal and India share the water from the rivers like Mahakali in the West and Kosi in the east and both of the parties involved have their own interests to be fulfilled. All these issues with in Nepal and around the world related to water are inherently political and causing various difficulties in managing the water.
Finally, Nepal is divided in the hostile extremes: poorest of the world (in terms of economic & development measures) and richest of the world (in terms of the water resources) at the same time. This very ironic juxtaposition has been the best nutrient for the political implication of water management in Nepal. Extreme politics over water resources in Nepal is constraining hydro development. Many people are seen to accuse politics over water in Nepal. Politics is indispensable yet it would be wise for Nepal to change the way of political bargaining. Political and diplomatic dialogues must be backed-up with strong and relevant policy. Politics is source of all social processes therefore it is important in the state formation in which interests of individuals or groups are mediated. This is, of course, conceptually well established in the social science literature, but needs to be incorporated into the analysis of water resources management issues more systematically in Nepal since Nepal is highly prone to be victim of the political implications of Water due to its fragile politics, low absorptive capacity and weak institutional base.

Bibliography

Bandyopadhya, j., & Gyali, D. (1994, February). Himalayan Water Resources: Ecological and Political aspect of Management. Retrieved April 20, 2010 , from http://www.jstor.org/stable/3673735
Giordeno, M. A., & Wolf, A. T. (2003). Sharing Water: Post Rio International Water Mangement. Natural Resource Forum 27(2003) , 163-171.
Gleick, P. H. (2010). Three Groge Dam Project, yangtze, China. The World’s Water 2008–2009(Water Brief) , 139-150.
Gumbo, B., & Zaag, P. V. (2002). Water losses and the political constraints to demand management:the case of the City of Mutare, Zimbabwe. Physics and Chemistry of the Earth 27 (2002) 805–813 , 805-813.
Gyawali, D. (2001). Water In Nepal. Kathmandu: Himal Books .
Malhotra, P. (2010). Water Issues between Nepal, India & Bangladesh. New Delhi: Institu of Peace and Conflict Studies.
Molinga, P. P. (2008). Water, Politics and Development:Framing a Political Sociology of Water Resources Management1(1): 723. Retrieved from http://www.wateralternatives.orgwww.wateralternatives.org: http://www.wateralternatives.orgwww.wateralternatives.org
Pradhan, G. L. (2010). Water Resources for Mutual Benefit- Nepal and India. Hydro Nepal , 26-29.
SARI/Energy, N. (2002). Regional Hydro-power Resources: Status of Development and Barriers: Nepal. Retrieved from www.sari-energy.org: www.sari-energy.org






Wednesday, July 11, 2012

What to do ?





'Lets talk land and development' to identify interlocking issues that are preventing Nepal from achieving equitable development results
...