२०७७/७८ काे बजेटमा समेटिएका भूमि सम्बन्धी महत्वपूर्ण कार्यक्रमहरु
- बालीको सम्भावनाका आधारमा खेतिगरीने कुरालाई प्रोत्साहन गरिने र मुलुकलाई खाद्यान्नमा आत्म निर्भर बनाउने तरकिाले अगाडि बढ्ने ।
- भूमिहिन दलितलाई पहिचान गरी आवासकालागि जमिन उपलब्धगराईने छ ।
- भूमि बैंक मार्फत जमिन उपयोग गर्ने र सामुहिक खेति गर्ने लाई मात्र शित भण्डारकालागि अनुदान दिईने ।
- भूमि
बैंक मार्फत जमिन व्यक्ति तथा संस्थालाई उपलब्ध गराईने र कृषि सामाग्रिमा
सहुलियत उपलब्ध गराईने ।
- आगामि वर्ष ३०० स्थानिय तहमा भूमि बैंकको
ईकाई स्थापना गरी कार्य सुरु गर्ने । भूमि बैंकले नीजि, सरकारी र सार्वजनिक
बाँझो रहेको कृषि योग्य जमिनको उपयोग गर्न भूमिका खेल्ने।
- बैदेशिक
राेजगारीबाट फर्किएका युवाका लागि रोजगारीका अबसर बृद्धि गर्न भूमि बैंकलाई
उपयोग गरिने ।
- भूमि बैंक स्थापनाकालागि ५० करोड सेयर लगानी छुट्याईएको । संघ, प्रदेश र स्थानिय तहको समन्वयमा भूमि बैक स्थापना गरीने ।
- महिलाका नाममा जमिन दर्ता गर्दा थप सहुलियत गर्ने व्यवस्था ।
- भूमि
सम्बन्धी समस्या समाधान आयोगले सुकुम्बासी तथा अव्यवस्थित वसोबासीको
व्यवस्थापनका लागि १०० ओटा स्थानिय तहमा यसै बर्ष काम सुरु गर्ने ।
- मुक्त कमैया, हलिया, कमलरी तथा हरवाचरवाको जीविकोपार्जन सम्बन्धी कार्यक्रम संचालन गर्न बजेटको व्यवस्था ।
- कृषि योग्य जमिनको खण्डिकरण रोक्न जग्गाको वर्गिकरण गरी भूउपयोग नक्सा बनाईने ।
- सरकारी, सार्वजनिक, तथा गुठी जमिनको संरक्षण गरीने ।
- गाउँब्लक तथा अन्य नापि हुन बाँकि जग्गाको कित्ता नापी आगामि वर्ष सम्पन्न गर्न १ अर्ब ७३ करोड बजेट विनियोजन गरीएको छ ।
सामूदायिक जमिनको संरक्षण ।
ReplyDelete