![]() |
| D. R. Joshi |
२०६४ सालमा संविधान सभाको निर्वाचन भए पछाडिका चार–पा“च बर्ष सम्म पनि सरकारले संसदीय चूनाव गर्न नसके पछि २४० बर्ष पूरानो निरङ्कुश राजतन्त्रको सामन्तवादी विरासत तोडेको संविधान सभा २०६९ जेठ १४ गते बिघटन गरियो । जनजीवन र राज्यका हरेक तह र तप्कामा पटाक्षप भएका नितान्त नौला मान्यताहरु संस्थागत हुन सकेनन् । हजारौं सपूत हरुको स्वाभिमानी रगतपसिनाले सिञ्चित, बहूसंख्यक जनताले रुचायको बहूप्रतिक्षित गणतन्त्र धुर्त तथा गैै¥हजिम्मेवार राजनैतीक नेतृत्वको ढांटीखाने तमसूक बन्दा सदियौं देखि थातिरहेको जीवनयापनको शैलीको निरन्तरतामा क्रमभंगता र छलाङको मनमोहक सपना देख्ने मन कु“डियको छ ।
यस बिच नेपाली सहित्य लेखनमा उतारचढाव नआएको होईन । तर पाठकहरुको चेतना, मनोदशा र समय परिवर्तनको गतिलाई पक्रन नसक्दा बग्रेल्ति पाठक, तमाम विषयवस्तु र अनुकुल वातावरणका बावजूद यसले अपेक्षाकृत स्तरोन्नति गर्न सकेको छैन । राष्ट्रिय राजनीतिले साहित्यलाई धेरैहद सम्म प्रभाव पार्ने भएतापनि सृजनशिल साहित्यले हाम्रो जस्तो बिरामी राजनीतिलाई तंग्रिन मदतगर्ने हैसियत चांिह राख्छ । त्यसैले सर्जकहरुले बिशुद्घ मनोरञ्जनकालागि कोराकल्पनामा आधारित रचना भन्दा समाज, सामाजिक पद्घति, र जनजीवन स“ग प्रत्यक्ष वा परोक्ष सरोकार राख्ने समय सान्दर्भिक विषय छनोट र त्यसको मिहिन अध्ययन गरी पाठक समक्ष ल्याउनु आजको आबश्यकता हो ।
साहित्य बजारि भाषमा भनिए जस्तो उल्टो आकृती देखाउने ऐना हुनुको सट्टा समाजलाई अग्रगामी विकासको बाटो देखाउने दियालो हुनु जरुरी छ । जसमा वर्तमानको यथार्थ चित्रण र भविष्यको स्पष्ट खाका कोरिनु पर्ने आवाजहरु टड्कारो सुनिन थालेका छन् । साहित्य सामाजिक प्रक्रियाहरु बाट अछुतो रहन सक्दैन तर कुनै अमुक शक्तिकेन्द्र अर्थात बर्ग विशेषको चाकडिमा लिप्त हुनुहुदैन । त्यसो भएमा साहित्यले विकासको बाटो पहिल्याउन सक्दैन । यो सर्जकको नितान्त नीजि स्वामित्वको चिज भएकोले यस सम्बन्धि उ नै बढि सचेत, सजग र जिम्मेवार हुनु पर्दछ । त्यति मात्र होईन यसले पाठक हरुको बौद्घिक बिकास र सिर्जनात्मक अभिव्यक्तिशिल कलाको अभिवृद्घि÷निर्धारण गर्ने भएकोले मात्रात्मक भन्दा गुणत्मक सृजनातर्फ अबका नेपाली साहित्यका सम्पूर्ण सर्जक, पाठक र साहित्य प्रेमीहरुको ध्यान जानु जरुरी छ ।
२०६९ साल भदौ ११
काठमाण्डौ ।

No comments:
Post a Comment